दफा ३४
खानेपानी सेवाको परिमाण र्‌ समयावधि तोक्न सक्ने


(१) सेवाप्रदायकले क्षमता भन्दा बढी माग भएको वा वैकल्पिक स्रोतको अभावका कारण मांग बमोजिमको परिमाणमा खानेपानी सेवा प्रवाह गर्न नसक्ने भएमा नियम ३३ बमोजिम निर्धारित प्राथमिकताक्रमको आधारमा खानेपानी सेवाको परिमाण र समयावधि तोक्न सक्नेछ।

(२) उपनियम (१) बमोजिम खानेपानी सेवाको परिमाण र समयावधि निर्धारण _ गर्दा सेवाप्रदायकले सोको सूचना उपभोक्तालाई कम्तीमा पन्ध्र दिन अगावै दिनु पर्नेछ।

(३) उपनियम (१) बमोजिम खानेपानी सेवाको परिमाण र समयावधि, निर्धारण गरेको जानकारी सम्बन्धित निकायलाई दिनुपर्नेछ ।